सरकारले सुशासन दिन नसकेको कांग्रेसको आरोप

डिसी नेपाल
२४ असोज २०७५ १४:५८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन्। नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढन पनि सरकारलाई सचेत गराए।

बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमतको वर्तमान सरकारलाई ‘फेल’ हुने छुट नरहेको पनि स्मरण गराएका छन्। काँग्रेस नेता कोइरालाले सभ्य समाज निर्माणका लागि धर्म, संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *