साउथ हिरोइनले गरिन् आत्महत्याको प्रयास, भिडियो पोस्ट गरेर भनिन् ‘केहीबेरमा मृत्यु हुनेछ’

डिसी नेपाल
१२ साउन २०७७ ८:४२

चेन्नइ। दक्षिण भारतीय अभिनेत्री विजयलक्ष्मीले आत्महत्याको प्रयास गरेकी छिन् । उनले रक्तचापको औषधी अधिक मात्रामा सेवन गरेर आत्महत्याको प्रयास गरेको भए पनि उनलाई समयमै अस्पताल भर्ना गरिएको कारण उनी जीवित नै रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले मानसिक तनावका कारण आत्महत्याको प्रयास गरेको बताइएको छ । उनले केही दिनअघि फेसबुकमा भिडियो पोस्ट गर्दै सामाजिक संजालमा आफूलाई निकै तनाव दिइएको बताएकी थिइन् ।

पछिल्लो पटक फेसबुकमा पोस्ट गरिएको भिडियोमा उनले आफूले रक्तचापको औषधि अधिक मात्रामा खाएको बताउँदै केही बेरमा आफ्नो रक्तचाप घट्दै जाने र केहीबेरमा मृत्यु हुने बताएकी थिइन् । पछिल्लो भिडियोमा उनले आफूलाई तनाव दिने केही व्यक्तिको नाम पनि लिएकी छिन् । उनले आफ्ना फ्यानहरुसँग ती व्यक्तिहरुलाई नछोड्न पनि अपिल गरेकी थिइन् । अहिले विजयलक्ष्मीको चेन्नइको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *