आवारा कुकुर्नीलाई बलात्कार गरेको आरोपमा ४० वर्षका व्यक्ति पक्राउ

डिसी नेपाल
१२ साउन २०७७ ११:५७

काठमाडौं। विकृत मानसिकताका मानिसहरुले सोच्दै नसोचेका कामहरु पनि गर्न सक्छन् । यस्तै एक विकृत व्यक्तिले मानवतालाई लज्जित बनाउँदै निकै घृणित काम गरेका छन् । भारतको महाराष्ट्रको ठाणेमा पुलिसले ४० वर्षका एक व्यक्तिलाई आवारा कुकुर्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । इण्डिया डटकमको समाचार अनुसार ठाणेको वागले एस्टेटको एक फुटओभर पुलमा मंगलबार अपरान्ह करिब साढे ४ बजे उनले कुकुर्नीलाई बलात्कार गरेका थिए ।

सडक कुकुरलाई खाना दिने केही युवाहरुले उनलाई आपत्तिजनक क्रियाकलाप गर्दै गरेको देखेपछि तत्कालै पशु अधिकारकर्मी अदिती नायरलाई खबर गरेका थिए । नायरकै उजुरीको आधारमा स्थानीय पुलिसले आरोपीलाई पक्राउ गरेको हो । अदितीका अनुसार सुरुमा पुलिसले यस विषयमा उजुरी दर्ता गर्न मानेको थिएन । त्यसपछि उनले तत्कालै ठाणेका पुलिस कमिश्नरलाई खबर गरिन् जसले सम्बन्धित पुलिस चौकीलाई तत्काल उजुरी दर्ता गरेर आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका थिए । बुधबार पुलिसले आइपीसी धारा ३७७ (अप्राकृतिक यौन सम्बन्ध) को मुद्दा दर्ता गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *