पार्टी एक ढिक्का हुनुपर्नेमा सोलुखुम्बु काँग्रेस नेताहरुको जोड
सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले आगामी निर्बाचनमा सोलुखुम्बु जिल्लामा कांग्रेसलाई बिजयी बनाउन पार्टिको एकता नै महत्वपूर्ण भएको बताएका छन्। नेपाली काङ्ग्रेस सोलुखुम्बु र नेपाली काङ्ग्रेस खुम्बुपासाङ्ल्हामुका भावी कार्यक्रम ,कृयाशिल सदस्यता बितरण र निकट भविश्यमा आउन लागेको वडा, गाउँपालिका, नगरपालिका, प्रदेश र जिल्ला अधिबेशनका बारेमा छलफल गर्न आयोजित एक कार्यक्रममा बोल्दै नेता कार्किले जनता कांग्रेसकै पक्षमा रहँदा पनि पार्टी ब्यबस्थित र एकताबद्द हुन नसक्दा बिगतमा पराजय भोग्नु परेको उल्लेख गर्दै आगामी दिनमा एकताबद्ध हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै नेता कार्किले जिल्लाका सबै नेता कार्यकर्ताहरु र आम जनताले पनि पार्टी एकजुट भएको हेर्न चाहेको र लगातार आवाज उठाइरहेकोले त्यसतर्फ नेतृत्वले ध्यान पुर्याउन जरुरी रहेकोमा जोड दिए । उनले पार्टिका भातृ संस्थाहरुलाई थप मजबुत बनाउँदै सक्रिय बनाउन पनि आग्रह गरे । पार्टी प्रतिपक्षमा रहेको भए पनि जिल्लाको बिकास निर्माणका कामलाई गति दिन सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने पनि कार्कीले उल्लेख गरे।
पार्टी क्रियाशिल सदस्यता बितरणको बारेमा बोल्दै नेता कार्किले पार्टीले निर्धारण गरेको मापदण्ड भित्र रहेर निरन्तर काम गरेका र पार्टीको बिचार एबम सिद्धान्तप्रति आस्थावान सबैले क्रियाशिल सदस्यता पाउनुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम बेल्जिएमका लागि नेपाली महाबाणिज्य दुत आङ छिरिङ शेर्पा, कांग्रेस सोलुखुम्बुका नेता राम बहादुर बस्नेत,नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला,कांग्रेस सोलुखुम्बुका नेताहरु राजन बस्नेत, डोल्मा तामाङ, कर्मा शेर्पा, मनोज खड्का, चोलेन्द्र कार्कि, चुङ्बा शेर्पा, फुनुरु शेर्पा, तरुण दल सोलुखुम्बुका नेता शेखर बस्नेत, नेबिसंघका नेता दिनराज बास्तोला लगायतले आ(आफ्ना धाराणा राखेका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment