शांघाइको आकाशमा अमेरिकी लडाकू विमान, दुई देशबीच तनाव बढ्न सक्ने संकेत

डिसी नेपाल
१३ साउन २०७७ ८:१९

काठमाडौं। अमेरिका र चीनबीच बढिरहेको तनावका बीच अमेरिकी लडाकू विमान शांघाइको नजिकै उडेका छन् । यसले दुई देशबीचको तनाव अझै बढ्न सक्ने संकेत गरेको छ । हालै दुवै देशले आफ्नो देशमा रहेका एक अर्काको कन्सुलर अफिस बन्द गराएका थिए । यही बीचमा अमेरिकी नौसेनाको हिन्द–प्रशान्त महासागरका गतिविधि बढेको छ । उता चीनले आइतबार मात्र दक्षिणी चीन सागरमा समुद्र र आकाश दुवैमा चल्ने जहाजको सफल परक्षिण गरेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकी नौसेनाको पी ८ ए पनडुब्बीरोधी विमान र इपी ३ इ टोही विमान आइतबार ताइवानमाथि उडान भरिरहेका थिए । यो हवाइ क्षेत्र चीनको झेजियाङ र फ्युजियान समुद्री तट नजिकै छ । यी दुई समुद्री तटको नजिकै शाङघाइ शहर छ । रिपोर्टका अनुसार यी लडाकू विमान उड्दै शांघाइको निकै नजिक आइसकेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *