गुगलका कर्मचारीले अर्को वर्षको जुनसम्म घरबाटै काम गर्ने
काठमाडौं । गुगलले आफ्ना कर्मचारीलाई अर्को वर्षको जूनसम्म घरमा नै बसेर काम गर्न अनुमति दिएको छ। यसअघि गुगलले सन् २०२० को अन्त्य सम्मै अधिकांश कर्मचारीहरुले घरबाटै काम गर्ने र केही कर्मचारीहरुलाई छिट्टै नै कार्यालयमा आउन अनुमति दिइने बताएको थियो । तर गुगलले कर्मचारीहरु कार्यालयमा फर्किने समयावधिलाई लम्ब्याएको हो ।
कम्पनीका प्रमुख सुन्दर पिचाईले एक इमेलमा अफिस आउन आवश्यक नभएका कर्मचारी अर्को वर्षको मध्यसम्म घरमा नै बसेर काम गर्नसक्ने बताएका छन् ।संसारभरी गुगलका २ हजार कर्मचारी छन् । गुगलले मे मा आफूले जूनसम्म विभिन्न स्थानका आफ्ना कार्यालय पुनः खोल्न सुरु गर्ने बताएको थियो । यसका साथै गुगलले कम्पनीका धेरैजसो कर्मचारी यो वर्षको अन्त्यसम्म घरमा नै बसेर काम गर्ने सम्भावना रहेको बताएको थियो।
गुगल, फेसबुक, ट्विटर, एप्पल, माइक्रोसफ्ट जस्ता विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीका अधिकांस कर्मचारीहरुले लामो समयदेखि घरबाटै काम गरिरहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment