शेयर बजार घट्ने क्रम जारी

डिसी नेपाल
१४ साउन २०७७ १५:४१

काठमाडौं। मौद्रिक नीति लगतै उत्साहपूर्ण रुपमा बढेको शेयर बजार पुनः घट्न थालेको छ। लगानीकर्ताहरु बढेको बजारमा नाफा संचित गर्न शेयर बिक्री गर्न थालेपछि बजार घट्न थालेको हो।

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २३.३६ अंकले घटेर १४३१.५२ अंकले घटेको छ । मंगलबार पनि बजार ७.५९ अंकले घटेको थियो । बुधबार नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार १८७ कम्पनीको ३८ लाख ३९ हजार कित्ता शेयर किनबेचबाट १ अर्व ६८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि मंगलबार १८५ कम्पनीको ३२ लाखकित्ता शेयर किनबेच मार्फत १ अर्व २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।   बुधबार नेप्सेसँगै सबै समूहगत परिसूचकहरु पनि घटेका छन् ।

यसदिन बैंकिङ समूह २१.७६, व्यापार ११.२४, होटल ५९.५, विकास बैंक २१.५५, जलविद्युत २.२४, फाइनान्स ६.४२ अंकले घटेका छन् । यसैगरी निर्जीवन बीमा १५९.८७, उत्पादन ४९.७, लघुवित्त ५५.६९, जीवन बीमा १९०.८२, म्युचुअल फण्ड ०.१६ र अन्य १.८८ अंकले घटेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *