उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा ३८ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
आज काठमाडौंमा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा गरी थप ३८ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितको ठेगाना खुलाइएको छैन ।
बिहिबार उपत्याकामा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो। आज देशभर २२४ जनामा कोरोना पुष्टि भएकाे छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment