वीरगञ्जमा आइतबार १० हजार महिला तथा भक्तजन सहभागी हुने चुनरी यात्रा
वीरगञ्ज (पर्सा)। नवरात्रको अवसरमा विश्व हिन्दू परिषद्ले वीरगञ्जमा आगामी आइतबार चुनरी यात्रा आयोजना गर्ने भएको छ। शक्तिस्वरूपा देवीका आकर्षक झाँकीसहित निकालिने यात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाको दिन अपराह्न वीरगञ्जस्थित माईस्थान मन्दिरको प्राङ्गणबाट चुनरी यात्रा सुरु हुनेछ। यात्रामा करिब १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
धार्मिक आस्था र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यात्रामा विभिन्न सामाजिक सङ्घसंस्थाको समेत सहभागिता रहने जनाइएको छ। देवीका आकर्षक झाँकीसहित निकालिने यात्राले नवरात्रको धार्मिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार यात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी लगभग पूरा भइसकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment