काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ६८२ सवारी चालक ट्राफिक कारबाहीमा, मापसे गर्ने ६३ जना
काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नियम उल्लङ्घन गर्ने ६८२ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरेको छ।
शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष चेकिङ तथा अनुगमनका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६३ जना चालक कारबाहीमा परेका छन्।
त्यसैगरी, सिसिटिभीमार्फत निगरानी गर्दा नियम उल्लंघन गरेको पाइएका १९ जना र रातो बत्तीको संकेत पालना नगर्ने ३५ जना चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार निर्धारित गतिभन्दा तीव्र गतिमा सवारी चलाउने ३८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १२ जना र लेन अनुशासन उल्लङ्घन (लेन क्रस) गर्ने ६ जना चालक कारबाहीमा परेका छन्।
यस्तै, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नराखी चलाउने १४ जना, एकतर्फी (वान-वे) सडकमा सवारी हाक्ने ७ जना र अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ४८८ जना चालकलाई पनि नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले स्पष्ट पारेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment