चौतर्फी विरोध भइरहेका बेला वामदेवको पक्षमा रामकुमारी झाँक्री (भिडियोसहित)

डिसी नेपाल
२५ असोज २०७५ १३:१८

काठमाडौं । काठमाडौं ७ का सांसद रामविर मानन्धरको राजिनमा गराएर उपनिर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेपछि नेकपाका नेता वामदेव गौतमको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी नेकपाकी केन्द्रीय सदस्य भने वामदेवको पक्षमा देखिएकी छन् ।

बिहीबार रिपोर्टस क्लवमा बोल्दै उनले वामदेव गौतमको आवश्यका संसदमा रहेको भन्दै उनको पक्ष लिएकी हुन् । उनले संसदमा शीर्ष नेताहरुको आवश्यकता रहेको बताइन् ।

उनले वामदेवको उम्मेदवारीका विषयमा पार्टीका शीर्ष ४ जना नेताले निणर्य गर्नुपर्ने बताइन्। उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल र स्वयम वामदेव बसेर निर्णय गर्नुपर्ने बताइन्।

रामविरको राजिनामाको विषयमासमेत बोल्दै पार्टीले यो विषयमा संस्थागत निर्णय गर्नुपर्ने बताइन्। उनले यो विषय कसैको व्यक्तिगत विषय नभएको टिप्पणी गरेको हो।

वामदेवको चरित्र हत्या भइरहेको भन्दै त्यसप्रति पनि उनले आपत्ती जनाइनन्। उनले पार्टीका नेताहरुले यो विषयमा स्पस्ट पार्न सक्नुपर्ने बताइन् । उनले वामदेवको चुनाव लड्ने कुरा र रामविरको राजिनामाको कुरा पानीमा गहिराई नाप्ने ढंगले पनि आएको हुनसक्ने बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *