शहीद पन्तको योगदानको स्मरण

डिसी नेपाल
१७ साउन २०७७ २२:५४

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले देश र जनताको मुक्तिका लागि सहादत प्राप्त गर्ने किसान नेता भीमदत्त पन्तले देखाए बाटो पहिल्याउनुपर्ने बताएका छन्। भीमदत्त पन्तको ६७औं स्मृति दिवसका अवसरमा कञ्चनपुरको भीमदत्त नगरस्थित भीम बाटीकामा शनिबार आयोजित कार्यक्रममा उनले शहीद भीमदत्त पन्तले गरिब र शोषित, पीडित वर्गको मुक्तिका लागि आवाज बुलन्द गर्दा बलिदानी दिनुपरेको स्मरण गरे।

उनले भने, “शहीद पन्तले देखाएको मार्गमा पहिल्याउँदै सुदूरपश्चिम प्रदेश सरकारले कार्य अगाडि बढाउँदै आएको छ । राज्यको मूलधारमा आउन नसकेका वर्गका लागि कार्यक्रम अघि सारेका छौँ ।”

सो अवसरमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले किसान नेता भीमदत्तको विचारलाई आत्मसात गरे देश आर्थिक सामाजिक रुपमा आत्मनिर्भर बन्ने बताए। नगरपालिकाले नेता पन्तकै स्मृतिमा उनले ठालुहरुलाई कारवाही गरेको ब्रम्हदेवमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गरिन लागेको जानकारी दिए। प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले नेता पन्तले देखाएको सपना अझै पूरा हुन नसकेको बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *