भारतका गृहमन्त्री शाह कोरोना संक्रमित, मेदान्तमा भर्ना

डिसी नेपाल
१८ साउन २०७७ १७:५७

काठमाडौं। भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार शाहलाई आइतबार कोरोना देखिएको थियो।

कोरोना पोजेटिभ भएपछि उनी अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। डाक्टरहरुले अस्पतालमा भर्ना हुन सल्लाहा दिएपछि उनलाई दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको छ।

आइतबारै भारतको उत्तर प्रदेशकी एक क्याविनेट मन्त्री कमल रानीको कोरोनाकै कारण मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *