कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी

डिसी नेपाल
२० साउन २०७७ ७:३९

इनरूवा। प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ। कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३.५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो।

आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलुकका र विदेशी गरेर १४ हजार ७१२ पर्यटक आएका थिए भने आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए।

आर्थिक वर्ष २०७६÷७७ मा नेपाली १० हजार ८२५, सार्क मुलुकका १९ र विदेशी १७० पर्यटकले आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए। आरक्षमा लकडाउनका कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमनका कमी आएको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *