उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

डिसी नेपाल
२१ साउन २०७७ १७:१५

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार काठमाडौंमा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको ठेगाना भने खुलाइएको छैन । उपत्यकामा मंगलबार पनि ६२ जना संक्रमित भेटिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.