एक घर एक परीक्षणका लागि काँग्रेसले राखेको सङ्कल्प प्रस्ताव अस्वीकृत
फाइल फोटो
पोखरा। गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसकोतर्फबाट प्रदेशभर ‘एक घर, १ पिसिआर’लगायत विषय समेटेर प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ। असार २३ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त सङ्कल्प प्रस्तावलाई साझा बनाएर लैजाने प्रयास गरिए पनि त्यो सफल हुन सकेन।
यसअघिका केही बैठकमा उक्त प्रस्तावलाई कार्यसूचीमा समावेश नभएको भन्दै काँग्रेसले प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो भने केही बैठक सूचना टाँगेर स्थगन भएको थियो।
बिहीबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा ६० सदस्यीय प्रदेशसभामा काँग्रेसका १५ जनाले मात्र समर्थन जनाएपछि अस्वीकृत भएको हो । बैठकको शुरुमा प्रस्तावक काँग्रेसका कुमार खड्काले कोरोना नियन्त्रण र रोकथामका लागि दलकातर्फबाट पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सुुनवाइ नभएका कारण सङ्कल्प प्रस्ताव दर्ता गर्नुपरेको बताए। प्रस्तावमाथिको छलफलमा काँग्रेसका ११, नेकपाका नौ जना, जनमोर्चा नेपाल र जनता समाजवादीका एक÷एक जनाले आफ्ना धारणा राखेका थिए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment