पैसा अभावमा नेपाल फर्किन नपाएका १७ जना नेपाली यूएईमा अलपत्र

डिसी नेपाल
२४ साउन २०७७ २३:०३
40
Shares

यूएई। यूएईको फ्लेक्स फ्यासेलेटी म्यानेजमेन्ट कम्पनीमा काम गर्ने १७ जना नेपालीहरू टिकट काट्ने पैसाको अभावमा अलपत्र परेका छन्।

सो कम्पनीमा काम गर्ने तीनसय पचासजना मध्ये धेरै जसो आफ्नै खर्चमा नेपाल पुगिसकेका छन् भने १७ जना पैसाको अभावमा यूएईमै अलपत्र परेका छन्।

बस्नका लागि कम्पनीले ठाँउ दिए पनि खानाको लागि भने विभिन्न संघ–सस्थाहरुले सहयोग गरिरहेका छन्। उनिहरु बिगत पाँच महिनादेखि अरुले दिएको सहयोगको भरमा नेपाल सरकारले निःशुल्क उद्धार गर्ने आशामा बसिरहेका छन्।

अलपत्र नेपालीहरुले राजदूताबासलाई धेरै पटक आग्रह गर्दा पनि उनिहरुको उद्धार हुन सकेको छैन। उनीहरुले जुलाई १९ तारिख नेपाली राजदूतावास आभुधाबी र परराष्ट्र मन्त्रालय काठमाडौंमा ईमेलमार्फत टिकट काटेर नेपाल जान नसक्ने अवस्था रहेको भन्दै निवेदन पनि पठाएका थिए। निवेदन पठाएको शनिबार २१ दिन बितिसक्दा ईमेलको कुनै जवाफ नआएको उनीहरुले बताएका छन्।

अलपत्र अवस्थामा रहेका नेपालीहरूले उनीहरुलाई यूएई पठाउने नेपालमा रहेको मेनपावर कम्पनी एमबी ह्युमन रिसोर्सेस प्राइभेट लिमिटेडका संचालक बिप्लब लामासँग उद्धार गर्न अनुरोध गरेका थिए। संचालक लामाले सहयोग गर्ने भन्दै अगस्ट ५ तारिखमा नेपाल वैदेशिक रोजगार ब्यसायी संघ बत्तीसपुतली गौसालामा १७ जना अलपत्र नेपाली कामदारलाई उद्धार गरि पाउँ भनेर निवेदन दिएका थिए।

https://www.facebook.com/dc.nepal/videos/317095006106788/
मेनपावर कम्पनी एमबी ह्युमन रिसोर्सेस प्राइभेट लिमिटेडका संचालक लामाले आफूले सहयोग गर्न प्रक्रिया अघि बढाएको भए पनि समयमै उद्धार गर्न नसकिने जवाफ दिएको एक नेपालीले डिसी नेपाललाई बताए। लामाले छिटो नेपाल जानुपर्ने भए कम्पनीलाई जसरी पनि टिकटको पैसा जोहो गर्नुपर्ने बताएको पीडित कृष्ण बहादुर गन्धर्वले डिसीनेपाल लाई बताए।

दैनिक जसो यूएईको कम्पनीले पनि छिटो भन्दा छिटो नेपाल जान टिकट लागि रकम जम्मा गर्नुपर्ने र नगरेको खण्डमा १० अगस्ट पछि पुलिसको जिम्मा लगाइदिन्छौं भन्दै तनाब दिने गरेको पीडित गन्धर्वले डिसी नेपाल लाई बताए।

नेपाल सरकारले हालै विदेशमा अलपत्र परेका नेपालीहरुको निःशुल्क उद्धार सम्बन्धि कार्यविधि बनाए पनि सो कार्यविधि कार्यान्वयनमा आइसकेको छैन। सरकारले वैदेशिक रोजगार बोर्डमा विदेश जाँदा श्रमिकले जम्मा गरेकै रकमबाट उद्धार गर्ने गरी कार्यविधि बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *