रिसाएका हरिप्रसादले हाकिमको नाममा यौन खेलौना अर्डर गरिदिए, पार्सल हाकिमकहाँ पुगेपछि…

डिसी नेपाल
२५ साउन २०७७ १२:५१

काठमाडौं। आफ्नो संचय कोषको सुविधा नपाएपछि रिसाएका एक कर्मचारीले आफ्ना मालिकको फोन नम्बर एस्कर्ट सर्भिस (महिलाले भाडामा लिन सक्ने पुरुष) को रुपमा सूचिबद्ध गरिदिए र मालिकको नामबाट उनको परिवारका सदस्यहरुको लागि भन्दै यौन खेलौनाहरु अर्डर गरिदिए एक अधिकारीले शनिबार बताएका छन् । ‘घटना झण्डै १० दिन अगाडि भएको हो र हामीले बुधबार यस विषयमा अपमानको केस दर्ता गरेका छौं र अनुसन्धान गरिरहेका छौं’ एक पुलिस अधिकारीले समाचार एजेन्सी आइएएनएसलाई बताए

हरिप्रसाद जोशी नामका ती कर्मचारीले बैंगलोरको लाभेल्ले रोडमा बस्ने आफ्ना मालिक अविनाश प्रभुको नम्बर एस्कर्ट सर्भिसमा सूचिकृत गरिदिएका थिए । ‘जोशीलाई अहिलेसम्म पक्राउ गरिएको छैन र हामीले अनुसन्धान गरिरहेका छौं’ अधिकारीले भने । रियल्टी र कफी बिक्री गर्ने कम्पनीका निर्देशक प्रभुले कोरोनाभाइरसका कारण व्यवसाय रोकिएपछि जोशीको संचय कोषको सुविधाको लागि प्रक्रिया अगाडि बढाउन सकेका थिएनन् । प्रभुभन्दा अगाडिका निर्देशकले समेत जोशीको सुविधा उपलब्ध गराउनका लागि आवश्यक कागजात पेश गरेका थिएनन् ।

पैसाको अभावले दबाबमा परेका जोशीलाई पैसाको अत्यन्तै आवश्यकता थियो र उनले प्रभुलाई बारम्बार यसबारे दबाब दिइरहेका थिए । यस क्रममा उनीहरुबीच बहस पनि भएको थियो । मौखिक विवादका क्रममा प्रभु जोशीलाई कुनै हालतमा पैसा नदिने भन्दै धम्की दिने हदसम्म उत्रिएका थिए र उनलाई अत्यन्तै आक्रोशित बनाउने गरी गर्न सकेको कुरा गर्न चुनौती दिएका थिए । यो घटनापछि जोशीले प्रभु, उनकी पत्नी र छोराछोरीलाई अपमानजनक इमेल पनि पठाएका थिए । यत्तिमा नरोकिएर जोशीले प्रभुको नम्बर एस्कर्ट सर्भिसमा सूचीकृत गरिदिए र उनको परिवारको नामबाट यौन खेलौनाहरु अर्डर गरिदिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *