यौनकर्मीसँग यौन सम्बन्धको क्रममा स्वास्थ्यकर्मीको मृत्यु, यौनकर्मी देश छाडेर भागिन्

डिसी नेपाल
२५ साउन २०७७ १३:१६

काठमाडौं। व्यवसायिक यौनकर्मीसँग यौन सम्बन्धको क्रममा एक स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । नाइजेरियाको लागोसको अकेसान रोडमा रहेको एक वेश्यालयको एउटा कोठामा ४० वर्षका फार्मासिस्ट बासे असुकोको मृत शरीर फेला परेको द स्ट्रिट जर्नलले लेखेको छ । मृतकले एक व्यवसायिक यौनकर्मीसँग यौन सम्बन्ध राखेपछि ढलेको बताइएको छ । बासे अघिल्लो राती १० बजेको समयमा बारमा केही मदिरा पिएपछि वेश्यालयमा गएको बताइएको छ ।

वेश्यालय प्रबन्धनले खबर गरेपछि इगाण्डो डिभिजनका पुलिसकर्मी घटनास्थल पुगेका थिए जहाँ बासेको मृत शरीरलाई हेर्न मानिसहरुको भीड लागेको थियो । घटनास्थलमा एक चुरोटको प्याकेट, एउटा इन्हेलर र दाग लागेको कट्टु बरामद भएको छ । उनको साथमा रहेकी व्यवसायिक यौनकर्मी भने फरार भइसकेकी थिइन् ।

रिपोर्टका अनुसार भागेकी यौनकर्मी महिलाले होटलका म्यानेजरसँग फोनमा सम्पर्क गरेकी थिइन् । उनले फोनमा बासेलाई सास फेर्न समस्या भएको उनले इन्हेलर लिने प्रयास गरिरहेको तर सफल हुन नसकी उनको मृत्यु भएको महिलाले म्यानेजरलाई बताएकी थिइन् । उनलाई यसबारे थब बताउन अल्झाउने प्रयास गरे पनि त्यो प्रयास सफल हुन सकेन किनकि उनले म्यानेजरलाई आफू गिरफ्तारीबाट बच्न देशको सीमा पार गरेर भाग्न लागेको बताएकी थिइन् । वेश्यालयका २ जना कर्मचारीलाई पक्राउ गरिएको छ । मृतकका परिवारले अन्तिम संस्कारको लागि शव लिन आवश्यक प्रक्रिया पूरा गर्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *