बाँकेमा कोरोनाका कारण एक वृद्धाको निधन
सांकेतिक तस्वीर
काठमाडौं। कोरोना संक्रमणका कारण बाँकेमा आइतबार एकजनाको मृत्यु भएको छ। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
उनले डिसी नेपालसँग फोनमा भने, ‘कोहोलपुर मेडिकल कलेजमा स्थानीय एक कोरोना संक्रमित महिलाको निधन भएको छ।’ यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment