कोरोना सङ्क्रमितलाई राख्न समस्या

डिसी नेपाल
२५ साउन २०७७ २३:०६

सुरुंगा। प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्न समस्या देखिएको छ। झापाका तीन वटा स्थानीय तहमा आइतबार एकैदिन पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या देखिएको हो ।

प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएका आइसोलेशन वार्ड सबै भरिएपछि झापामा कोरोना सङ्क्रमण पुष्टि भएकालाई कहाँ पठाउने भन्ने विषयमा अन्योल भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति जीवन चम्लगाईंले बताए।

आज मात्रै एक जना सशस्त्र प्रहरीसहित झापामा पाँच जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाथीभरा सशस्त्र प्रहरी गण पाडाजुंगीका एक सशस्त्र प्रहरीसहित बाह्रदशी र अर्जुनधारा नगरपालिकामा कोरोना सङ्क्रमित भेटिएका हुन् । पाथीभर सशस्त्र प्रहरी गण कमल गाउँपालिकामा रहेको छ ।

उता बाह्रदशी गाउँपालिका–६ की एक महिला र सोही गाउँपालिका–१ का एक पुरुषमा सङ्क्रमण देखिएको छ । ती महिला भारतको सिलिगुडी र पुरुष पञ्जाबबाट फर्केर पशुपति मावि राजगढको क्वारेन्टिनमा बसेका थिए ।

अर्जुनधारा नगरपालिकाका दुई जना पुरुषमा सङ्क्रमण देखिएको छ । उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति चौलागाईले बताए। झापामा ३९८ जनालाई कोरोना सङ्क्रमण भएको छ भने ३४४ जनाले कोरोना जितेर घर फर्किएका छन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *