काँग्रेस सभापतिद्वारा अर्को विभाग पनि गठन
फाइल तस्वीर
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टीको वित्तिय तथा सहकारी संस्था समन्वय विभाग गठन गरेका छन्। आइतबार देउवाले पार्टीका विभिन्न १२ विभागलाई पूर्णता दिएका थिए।
सोमबार चिनकाजी श्रेष्ठको संयोजकत्वमा वित्तिय तथा सहकारी संस्था समन्वय विभाग गठन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवाले विभिन्न विभाग गठन गरेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध जनाउँदै आएको छ।
पार्टि महाधिवेशनमा गइसकेको बेला विधान विपरित विभाग गठन भएको पौडेल समूहको दलिल छ। तर, सभापति देउवाले भने धमाधम विभाग गठन गरिरहेका छन्। काँग्रेसको १४ औं महाधिवेशन आगामी फागुन पहिलो हप्ता काठमाडौंमा गर्ने निर्णय भइसकेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment