आज साउन ३० गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
३० साउन २०७७ ६:५८
आज वि.सं.२०७७ साल साउन ३० गते शुक्रबार। सन् २०२० अगष्ट १४ तारिख। प्रमादी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। चन्द्रमा वृषराशी काठमाडौंमा सूर्योदय ०५ः३४ र सूर्यास्त बेलुकी ०६ः४० मिनेटमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक जमघट हुनेछ। मीठो भोजनमा सुख मिल्नेछ। बाेलीले प्रभाव पर्नेछ। पुरानो धन हात पर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायिक मार्ग अवलम्बन गर्ने याेग छ। मनोरन्जनमा दिन बित्नेछ। काम अधुरो हुनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अनावश्यक धनको नोक्सानी हुनेछ। यात्रामा खर्च बढ्नेछ। कार्य अधुरो हुनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैसाको जोहो बढ्नेछ। प्रिय वस्तु मिल्नेछ। काममा फाइदा आउनेछ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रोजगारीमा प्रगति हुनेछ। क्षमताको प्रशंसा हुनेछ। ठूलाबडाबाट आश्वासन मिल्नेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धार्मिक काममा रुचि हुनेछ। वैदेशिक काम बन्नेछ। भाग्य बढेर जानेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम अपुरो हुनेछ। अपजसको भय हुनेछ। स्वास्थ्यमा समस्या आउनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायिक काममा फाइदा हुनेछ। यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिष्पर्धामा जित हुनेछ। आर्थिक सहयोग मिल्नेछ। सहयोगमा केही धन जानेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक लाभ मिल्नेछ। अध्ययनमा खुशी मिल्नेछ। सन्तानको प्रगति हुनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक वैमनस्यता हुनेछ। नयाँ काममा ढिला हुनेछ। मानसिक अशान्ति बढ्नेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भ्रमणको योग बन्नेछ। भातृ सुख मिल्नेछ। भाैतिक सम्पत्ति प्राप्त हुने याेग छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *