प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना

डिसी नेपाल
३० साउन २०७७ १८:४७

बुटवल । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले जानकारी दिए।

मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना देखिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब परीक्षण गरिएको छ । मन्त्री बरालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख गिरीले बताए । मन्त्रालयका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *