प्रदेश १ मा हालसम्म १ हजार ७५ जना कोरोनामुक्त

डिसी नेपाल
३० साउन २०७७ १९:३३

विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । शुक्रबार एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो ।

आज प्रदेशमा ९५ जना कोरोना संक्रमित देखिएका छन् । यस्तै ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या एक हजार ७५ रहेको छ ।

प्रदेश १ मा सबैभन्दा धेरै मोरंगमा संक्रमण देखा परेको छ । त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *