कन्काइष्टले ल्याए नेपालमै पहिलोटक थ्रि.डि. भर्सन ‘फिदा छु तिम्रो रुपको’
काठमाडौं गायक तथा संगीतकार कन्काइष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक उक्त गीतमा नेपालमै पहिला पटक थ्रिडी प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ।
अर्जुन पौडेलको शब्द मीन बिष्टको संगीत र कुमार थापा मगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। यस गीतको लिरिकल भिडियोलाई थ्रि. डि नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ।सार्वजनिक भिडियोको विष्ट स्वयंमको दृश्य तथा परिकल्पना रहेको छ ।
नेपालीगीत संगीतमाथ्रि. डि. एवं ध्वनी मिश्रणहरुको प्रयोग नभएको कारण यस गीतमा पहिलो पटक अडियालाई थ्रि डिमिश्रणहरुको प्रयोग गरिएको हो। यस्तो गीतलाई एयरफोनको माध्यमबाट सुन्दा निक्कै आनन्द आउने टिमले बताएका छन्।
दुई दशकभन्दा अगाडिबाट सांगीतिक क्षेत्रमा सकृय रहेका गायक तथा संगीतकार कन्काइष्ट राईले तिम्ले माया लाउँदा, मुटुभित्र देउन मलाइ बास, अरुकै सिन्दुरले सजिएपनि , काठमाडौंको मायै महंगो लगायतथुप्रै चर्चित गीतहरु बजारमा ल्याएर श्रोताहरुको मन जितिसकेका छन्।
साथै उनको राजधानीको नक्सालस्थित भर्जिन रेकर्डिङ स्टुडियो सन्चालनमा रहेको छ। सार्वजनिक यस गीतको पनि चाँडै भिडियो निर्माण गरिने र यस गीतले पनिदर्शक श्रोताको मन जित्ने राईको बिश्वाससमेत रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment