विश्वका धनीहरुको सूचीमा मुकेश अम्बानी २ स्थान तल झरे

डिसी नेपाल
२ भदौ २०७७ १२:२२

काठमाडौं। भारतीय अर्बपति मुकेश अम्बानी विश्वका धनीहरुको सूचीमा २ स्थान तल झरेका छन् । यसअघि चौथो स्थानसम्म उक्लिएका मुकेश अहिले छैटौं स्थानमा झरेका छन् । रिलायन्सको शेयर मूल्यमा गिरावट आएपछि मुकेशको स्थान खस्किएको हो । ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार अहिले चौथो स्थानमा एलन मस्क आएका छन् ।

सूचीमा अमेजनका सीइओ जेफ बेजोस शीर्ष स्थानमा छन् । बेजोसको सम्पत्ति १८८ बिलियन डलर छ । यस्तै दोस्रो स्थानका बिल गेट्सको सम्पत्ति १२१ बिलियन डलर, तेस्रो स्थानका मार्क जुकरबर्गको सम्पत्ति ९९ बिलियन डलर, चौथो स्थानका एलन मस्कको सम्पत्ति ८४.८ बिलियन डलर, पाँचौं स्थानका बर्नार्ड आर्नल्टको सम्पत्ति ८४.६ बिलियन डलर र छैटौं स्थानका मुकेश अम्बानकिो सम्पत्ति ७८.८ बिलियन डलर छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *