खोलाले बगाएर र करेन्ट लागेर झापामा दुईको मृत्युु

डिसी नेपाल
४ भदौ २०७७ २२:००

झापा । पौडीले खेल्ने र करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–२ का १५ वर्षीय राजु भण्डारी र कमल गाउँपालिका–२ का २२ वर्षीय विशाल रिजाल रहेको प्रहरीले जनाएको छ।

भण्डारी बुधबार साँझ ७ बजे सानो माइ खोलामा पौडी खेल्ने क्रममा खोलाले बेपत्ता भएका थिए । उनलाई आज बिहान प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विपद् व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले उनलाई बगाएको स्थानभन्दा करिब ५ मिटर दक्षिणमा फेला पारेको थियो। मृतक भण्डारी फेला परे पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

उनका अनुसार झापामा वर्षात शुरु भए यता मात्र डुबेर र खोलाले बगाएर मर्नेको सङ्ख्या १३ जना नाघिसकेको छ । त्यसैगरी करेन्ट लागेर कमल गाउँपालिका– २ का २२ वर्षीय विशाल रिजालको मृत्यु भएको छ। स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *