पूर्व प्रधानमन्त्री माधव नेपालको सुरक्षामा खटिएका सात जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सात जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
पूर्व प्रधानमन्त्री नेपालको सचिवालयले सात सुरक्षाकर्मीमो कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ।
पूर्वप्रधानमन्त्री नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएकोमा शुक्रबार राति नतिजा आएको थियो।
जसमध्ये ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको नेपालको सचिवालय स्रोतले जनाएको छ। माधव नेपाल लगायत उनका परिवारका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment