दमौलीका भलिबल खेलाडीको सहयोगमा अमेरिकामा कार्यक्रम

डिसी नेपाल
९ भदौ २०७७ ५:०१
44
Shares

टेक्सास, अमेरिका । दमौलीका भलिबल खेलाडी सन्तोष राना मगरको मृगौला रोगको उपचारका लागि अमेरिकाको टेक्सासमा जुम प्रविधिबाट म्युजिकल इभेन्टको आयोजना गरियो । मगर संघ अमेरिका टेक्सस च्याप्टरद्वारा गत शनिवार सांझ आयोजित सो कार्यक्रममा टेक्सासमा रहेका नेपाली कलाकारहरुले आ आफ्नो प्रस्तुति दिएका थिए ।
जुम प्रबिधिमार्फत आयोजित उक्त कार्यक्रममा अमेरिकामा बसोबास गर्दै आएका नेपाली चर्चित कलाकारहरु गायक तथा संगीतकार केशब पौडेल, हास्यकलाकार नारायण त्रिपाठी, दोहोरी गायक बिमल डांगी, गायक भीम चापागाईं र दोहोरी गायिका संगीता थापा मगरले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नृत्यसमेत प्रस्तुत गरिएको थियो साथै गीतकार लिलु गुरुङले गीत वाचन गर्नुभएको थियो ।


कार्यक्रम मगर संघका महासचिव तथा लोकगायक भीम थापाको संयोजकत्वमा गरिएको थियो । कार्यक्रमबाट उठेको रकम दमौली ब्यास १४ घर भई हाल पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत दुबै मृगौलामा रोग लागेर पीडित बनेका जिल्लास्तरीय भलिवल खेलाडी सन्तोष राना मगरलाई सहयोग स्वरुप प्रदान गरिने संयोजक थापाले बताए । साथै बिरामी रानामगरलाई आर्थिक सहयोग गर्नका लागि मुक्तिनाथ बिकास बैंक दमौली शाखाको बिरामीकी आमा सुकमाया रानाको नाममा खोलिएको खाता नम्बर 007007206000056767000001 मा जम्मा गरी सहयोग गर्न सकिने जानकारी पनि कार्यक्रममा गराइयो थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *