कोरोना सम्बन्धि सरकारको कामबारे अनुगमन गर्न संसदीय समिति गठन
काठमाडौं। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि गरेका प्रयासको अनुगमन तथा निरीक्षण गर्नका लागि उपसमिति गठन गरेको छ ।
समितिको मंगलबार कोभिड १९ को विषयमा भएको भर्चुअल छलफलमा समितिका सदस्य जीवनराम श्रेष्ठ, अञ्जना विशंखे, तिलकबहादुर महत क्षेत्री, सन्तकुमार थारु, एकवाल मियाँ, सरिता न्यौपाने र नमिताकुमारी चौधरी रहेको सात सदस्यीय उपसमिति गठन गरिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन्। सङ्क्रमणको कारणले जोखिमयुक्त जिल्लामा कन्टयाक ट्रेसिगलाई प्रभावकारी बनाउने, पिसीआर परीक्षण गर्ने र त्यसको रिपोर्ट तोकिएको समयमा यथाशीघ्र सम्बन्धित व्यक्तिलाई जानकारी दिन पनि सरकारलाई निर्देशन दिएको छ । छलफलमा सङ्क्रमितलाई व्यवस्थित आइसोलेसनमामा अक्सिजनसहितको व्यवस्था गर्नुपर्ने र सङ्क्रमितलाई स्वास्थ्यवर्धक र सन्तुलित आहारको प्रबन्ध मिलाउनसमेत निर्देशन दिएको छ ।
छलफलमा कोभिड १९ को उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तह बीचमा सक्रिय समन्वय र सहकार्य गर्न समेत निर्देशन दिइएको छ । छलफलमा काठमाडौं उपत्यकामा समयमा नै उपचार, रोकथाम र नियन्त्रणको लागि व्यवस्थित र सशक्त कदम चाल्न नसकेमा स्थिति निकै भयावह हुने देखिएकोले स्थानीय तहसँगको छलफल गरी चाँडो नियन्त्रण गर्न र सङ्क्रमितलाई तत्काल आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।
कोभिड १९ वाहेकका बिरामी र गर्भवतीलाई हालसम्म पनि अस्पतालमा सहज उपचारको व्यवस्था हुन नसक्दा मृत्युवरण गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको हुदाँ यथाशिघ्र सहज उपचारको व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ । समितिले कोभिड १९ बाहेकका िबरामीको उपचार व्यवस्था ठीक हिसाबले भएको छ छैन जाँच गर्न निर्देशन र अनुगमनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
यस्तै निषेधाज्ञाको अवस्थामा सर्वधारणलाई दैनिक उपभोग्य सामग्री (तरकारी, खाद्यान्न) खरिद गर्न टोलटोलमा साना पसलहरु खोल्ने व्यवस्था गर्नुपर्ने, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खोपको अनुसन्धान भइरहेको र अन्तिम परीक्षणमा पुगेकाले नेपालमा पनि यसको परीक्षणलाई शीघ्र परिणाम आउने गरी खोप प्रयोगको लागि योजना निर्माण गरी तीव्र तयारीमा लाग्न समेत निर्देशन दिइएको सभापतिले जानकारी दिइन्।
छलफलमा कोभिड १९ र कोभिड १९ बाहेकका बिरामी अस्पताल जान आउन एम्बुलेन्सको उचित व्यवस्था नहुँदा ठूलो कठिनाइ भोग्नु परिरहेको हुँदा तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने, विदेशबाट आएका नेपाली कामदारलाई क्वारेन्टिन, खाना बस्नेको व्यवस्था सरकारले गर्नुपर्ने र खाडी राष्ट्रमा राहदानीको अवधि समाप्त भई अलपत्र परिरहेका, टिकट किन्न नसक्नेलाई सरकारले टिकटको व्यवस्था गरी समयमा नै नेपाल फर्काउने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।
समितिले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागिा अग्रपंक्तिमा बसी काम गरिरहेका स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र उनीहरुको खाना र बसोबासको उचित व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
यस्तै ६० वर्षमाथिका समूहमा सङ्क्रमणको अनुपात बढ्दै गइरहेकाले ती समूहहरुलाई बचाउन समुदायलाई सचेत र जानकारी गराउनुका साथै ज्येष्ठ नागरिक लक्षित कार्यक्रम लागू गर्न र सङ्क्रमण रोकथामका उपायबारेमा सबै स्वास्थ्यकर्मीलाई तालिम दिनसमेत समितिले आग्रह गरेको छ ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा रोशन पोखरलले सङ्क्रमित बढी देखिएका ठाउँमा केन्द्रबाट चिकित्सकको टोली खटाइएको जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment