बागमती नदीमा डुबेर मृत्यु भएका ३ बालिकाका परिवारलाई मुख्यमन्त्री राउतद्वारा राहतको घोषणा

डिसी नेपाल
१० भदौ २०७७ २३:४७

जनकपुर । मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

गढीमाई–७ बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिङ्की, लक्ष्मण दासकी १५ वर्षीया छोरी सुस्चिता र छठु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारीको सो नदीमा डुबेर मृत्यु भएको थियो । ऋषि पञ्चमीको अवसरमा आइतबार नुहाउन जाँदा तीनै बालिका वेपत्ता भएका थिए ।

सोही दिन धर्मपुर चौकीबाट खटिएको प्रहरी र स्थानीयले खोजतलास गर्दा अपराह्नको समयमा पिङ्कीको शव फेला परेको थियो भने मङ्गलवार माधवनारायण नगरपालिका–८ स्थित बागमती खोलाको किनारमा सुस्चिताको र राजदेवी नगरपालिका–९ स्थित ब्रह्मपुरीस्थित बागमती नदीको किनारमा चञ्चलको शव फेलापरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *