सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद: प्रहरीलाई देखेपछि चालक फरार
सिरहा। सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। सिरहा नगरपालिका-१ स्थित हुलाकी सडकखण्डबाट प्रहरीले १०५ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याइँदै गरेको गुप्त सूचनाका आधारमा प्रहरी टोलीले उक्त सवारीसाधनलाई पछ्याएको थियो। गस्तीमा रहेको प्रहरी टोलीलाई देख्नासाथ हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर चालक फरार भएका थिए।
त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्सभित्र जाँच गर्दा लुकाएर राखिएका ५ वटा बोराबाट १०५ किलो गाँजा फेला परेको हो। गाँजा र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर फरार चालकको खोजी गर्नुका साथै घटनाबारे गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment