प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा भिड्दै नेपालकी सात वर्षीया प्रिन्शा खड्का
काठमाडाैं। गत वर्ष इजिप्टमा सम्पन्न ‘टिभी स्टार्ट मिनी मोडल वल्ड २०१९’ मा मिनी मोडल वल्डको क्राउन सँगै बेष्ट डान्सर अवार्ड जित्न नेपालकी सफल बाल कलाकार प्रिन्शा खड्काले यस पटक पनि त्यस्तै एउटा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागीता जनाएकी छिन्।
७ वर्षीया प्रिन्शा खड्काले प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकी हुन्। उनको इन्ट्रो भिडियो समेत सार्वजनिक भएको छ। क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९ बनेर विश्व मिनि माेडेल समेत प्राप्त गरेकी प्रिन्शा रुकुम निवासी हुन्।
हाल काठमाडौंमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन्। विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीकाे कारगिल भाग २ म्युजिक भिडियोमा बाल कलाकारकाे रुपमा उत्कृष्ट अभिनय गरेकी छिन्। यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारकाे रुपमा अभिनय गरेकी प्रिन्शालाई म्युजिक भिडियो बजारमा माग समेत बढेको छ।
म्युजिक भिडियोमा बालकलाकारकाे रुपमा अभिनयकाे लागि धेरै ठाउँबाट प्रस्ताव आएको तर पढाइलाई मध्यनजर गर्दै उक्त प्रस्तावहरु निरन्तरता दिन नसकेको पारिवारिक स्राेत बताउँछ।
यस पटक पनि याे प्रतियोगितामा प्रिन्साले सफलता हात पार्ने अपेक्षा रहेको बुवा ऋषिराम खड्का बताउँछन्। विश्व महामारीले गर्दा यसपटकको प्रोग्राम अनलाइनबाट हाे, मेहनत राम्रैँ छ, आशा गराै छोरीले नेपालको नाम यसपटक पनि राख्ने छिन् बुवा ऋषिले बताए।
छाेरीकाे सम्पूर्ण कला, सृजनाकाे व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका छन् भने मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले यस कार्यक्रमको कोर्डिनेट गरेको छ। पढाइमा पनि उत्तिकै मेहनति प्रिन्शाले यस पटक अनलाइनमार्फत आफ्नो कला प्रस्तुत गर्नेछिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment