भारतमा पब्जीसहित ११८ मोबाइल ‘एप्स’ प्रतिबन्ध

डिसी नेपाल
१७ भदौ २०७७ १८:३२

काठमाडौं । भारतीय सरकारले पुनः चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको छ। भारतले आज मोबाइल ग्याम पब्जीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यम
ले जनाएका छन्।

भारतकाे राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै यी एप्सलाई प्रतिबन्ध लगाएको बताएको छ। भारतको इलेक्ट्रोनिक्स मन्धालयले यी एप्सले प्रयोगकर्ताको डाटा चोरी गरेको र भारतको अखंडता, सम्प्रुभता तथा सुरक्षाको लागि खतरा भएको बताएको छ।

भारतले यो भन्दा पहिला जुनमा टिकटक सहित ५९ एप्सलाई प्रतिबन्ध लगाएको थियो भने जुलाईमा ४७ चिनियाँ एप्सलाई प्रतिब्नध लगाएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *