नेपालकी प्रिन्शा बनिन प्रिन्सेस अफ द वल्ड २०२०, एकैसाथ दुई उपाधि

डिसी नेपाल
१९ भदौ २०७७ १०:५८

काठमाडाैं। साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया प्रिन्शा खड्काले फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेको आयाेजक संस्था वल्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशनले घाेषणा गरेको छ।

विश्वका विभिन्न देशबाट करिव ५० भन्दा बढी बालबालिकाले अनलाइन मार्फत उक्त प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए। प्रत्योगीहरुको बिचमा आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रिन्शाले ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को ताज जितेकी हुन्। त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि ‘सिल्भर प्रिन्सेस अफ द वल्ड २०२०’ जितेकी छिन । विश्वव्यापी कोभिद-१९ का कारण आवार्ड वितरण भने १७-२४ जुन २०२१ मा बुलगेरियामा गरिने आयाेजक संस्थाले बताएको छ।

रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन्। हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन्। विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीकाे बहुचर्चित गित ‘कारगिल भाग २’ म्युजिक भिडियोमा बाल कलाकारकाे रुपमा उत्कृष्ट अभिनय गरेकि छिन्। यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारकाे रुपमा अभिनय गरेकी प्रिन्शाको अभिनय नि त्यतिकै निखारिएको छ।

प्रिन्शाको सम्पुर्ण कला, सृजनाकाे व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका थिए भने कार्यक्रमको कोर्डिनेट मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले गरेको थियो।

विश्वभर बाट ८ जना जुरी मेम्बर रहेको उक्त प्रतियोगितामा नेपालवाट मोर्निंग ग्लोरी इन्टरटेनमेन्टकी संचालिका मोहना मोथे खनाल पनि ज्युरी टिममा थिइन । कार्यक्रमको लागी खड्काको इन्ट्रो भिडियोको स्क्रिप्ट निश्चल रावतले लेखेका थिए भने भिडियो छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *