रेल विभागका महानिर्देशकदेखि मल आपूर्तिका ठेकादारसम्मलाई कारबाही गर्ने विप्लवको चेतावनी

डिसी नेपाल
२० भदौ २०७७ २१:१२

काठमाडौं। नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाले पूर्व पश्चिम रेल ट्र्याक निर्माणका लागि भएको ठेक्कामा अरबौंको कमिशनको खेल भएको भन्दै रेल विभागका महानिर्देशक बलराम मिश्रलाई कारबाही गरिने चेतावनी दिएको छ।

नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले प्रकरणमा संलग्न रहेका महानिर्देशक मिश्र र ठेकादारहरु चिपछिरिंग लामा, विक्रम पाण्डे, रमेश शर्मा, ग्याल्जे शेपालाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

उनले यी महानिर्देशक तथा ठेकादारमाथि सरकारले कारबाही नगरे आफूहरुले कारबाही गर्ने बताएका छन्। उनले यिनीहरुमाथि आफूहरुले कारबाही गरेर सरकारले आफूहरुलाई आतंकवादीको आरोप लगाउने सम्भावनासमेत रहेको उल्लेख गरेका छन्।

यस्तै कृषि मल आपूर्तिमा संलग्न रहेका ठेकादारमाथि पनि कारबाही गर्ने उनले चेतावनी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *