बसले ठक्कर दिएपछि सुनकोशीमा खस्यो कार

डिसी नेपाल
१८ साउन २०८३ १३:०५

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित बिपी राजमार्ग खण्डमा सोमबार बिहान एउटा कार सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त भएको छ। विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि नियन्त्रण गुमाएर सो कार नदीमा खसेको हो।

कारमा कति जना यात्रु सवार थिए र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे हालसम्म यकिन हुन सकेको छैन। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

सुनकोशी नदीमा पानीको बहाव उच्च रहेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको अनुमान गरिएको छ। प्रहरीले स्थानीय बासिन्दाहरूको सहयोगमा नदीमा खसेको कार र त्यसमा सवार यात्रुहरूको खोजी कार्य तीव्र बनाएको छ। दुर्घटनामा संलग्न बस र त्यसका चालकबारे पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *