काठमाडौं उपत्यकामा थपिए ३९६ संक्रमित, २ जनाको मृत्यु
फाइल फाेटाे।
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार आज उपत्यकाका तीन जिल्लामा १४८ महिला र २४८ पुरुष गरी थप ३९६ कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा ३०० (१०१ महिला, १९९ पुरुष), भक्तपुरमा ५८ (२६ महिला, ३२ पुरुष), ललितपुरमा ३८(२१ महिला, १७ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज काठमाडौंमा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षिया महिला र ८५ वर्षिय पुरुष रहेका छन्।
उपत्यकामा साेमबार ३२६जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर ९०२ जनामा कोरोना संक्रमण देखिएका छ।
हेर्नुहाेस आजकाे कोभिड–१९ राष्ट्रिय अध्यावधिक प्रतिवेदन
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment