थप १२ सय ४६ जनामा कोरोना पुष्टि, १८ सय १८ डिस्चार्ज; ५ जनाको मृत्यु

डिसी नेपाल
२५ भदौ २०७७ १६:२२

काठमाडौं । बिहिबार देशभर एक हजार २४६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार २४६ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ।

हालसम्म ३५ हजार ७०० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार ८ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३१७ पुगेको छ। गत २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ५ हजार ८०६ जना क्वारेन्टिनमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *