कुलमान घिसिङको पक्षमा नारायणकाजी

डिसी नेपाल
२९ भदौ २०७७ १३:२३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ कुलमान घिसिङको पक्षमा देखिएका छन्। आइतबारदेखि ४ वर्षे कार्यकाल पूरा गरेका कुलमान घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुने कुरामा आफू विश्वस्त रहेको जनाएका छन्।

नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल ट्यीटरमा लेखेका छन्, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु।’

सामाजिक सञ्जालमा कुलमानको पक्षमा सर्वसाधारणले लेख्दै आएका थिए। १८ घण्टाको लोडसेडिङ हटाएर चर्चामा आएका कुलमानले घाटामा रहेको प्राधिकरणलाई १२ अर्बको नाफामा समेत पुर्याएका थिए। पछिल्लो पटक नेकपामा कुलमानलाई दोहोर्याउने कि विकल्प खोजिने भन्ने विषयमा विवाद भइरहेको बताइएको छ। पार्टीको विवादकाबीच पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्यीटरमार्फत कुलमानको पक्ष लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *