कुलमान घिसिङ नियुक्ति अझै अन्योल
काठमाडौं। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्ति अझै अन्योल भएको छ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले यो विषयमा टुंगो लगाउने अपेक्षा गरिएको थियो। यसबारे साेमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न सकेन।
बैठकमा सहभागी एक मन्त्रीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे कानुनी प्रश्न उठेका कारण परामर्श पछि निर्णय लिने बताए।
कानुनी प्रश्न उठेकाले यसबारे प्रधानमन्त्रीले परामर्श गर्न जरुरी रहेको बताएपछि साेमबारकाे मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न नसकेको उनको भनाइ थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment