कोरोनालाई जित्न दुई तत्व भएका कुरा सेवन गर्न डा. एन्थोनी फाउसीको सल्लाह
काठमाडौं। अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले कोरोना भाइरस संक्रमणविरुद्ध शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्नको लागि दुई भिटामिन भएका खानेकुराहरु सेवन गर्न सल्लाह दिएका छन् । डा. फाउसीले कोरोनाभाइरसविरुद्ध इम्युनिटी विकास गर्न भिटामिन डी र भिटामिन सी सप्लिमेन्ट लिन सल्लाह दिए । अमेरिकी अभिनेत्री जेनिफर गार्नरसँग इन्स्टाग्राममा एक अन्तरवार्तामा डा. फाउसीले यस्तो बताएका हुन् ।
डा. फाउसीले भने ‘यदि तपाइँमा भिटामिन डीको कमी छ भने तपाइँमा संक्रमणको खतरा बढ्छ । म मानिसहरुलाई भिटामिन डीको सप्लिमेन्ट लिने सल्लाह दिन्छु किनकि म स्वयं पनि यो लिन्छु ।’ डा फाउसीे भिटामिन सीको सप्लिमेन्ट पनि लिन सल्लाह दिएका छन् । फाउसीले भने ‘मानिसहरु भिटामिन सी पनि लिन्छन् किनकि यो राम्रो एन्टिअक्सिडेन्ट हो । त्यसैले यदि मानिसहरु भिटामिन सी सप्लिमेन्ट लिन चाहन्छन् भने पनि कुनै फरक पर्दैन ।’
के पालक, एल्डरबेरी वा कुनै अन्य सप्लिमेन्टले प्रतिरोधी क्षमतालाई बलियो बनाउने काम गर्छ ? भन्ने प्रश्नमा डाक्टर फाउसीले भने ‘धेरै मानिसहरु यो सुनेर निराश हुन सक्छन् तर यसको जवाफ हो – हुँदैन । जोन हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका बरिष्ठ स्कलर अमेश ए अदलजाले भने ‘यो कुराको स्पष्ट प्रमाण छ कि भिटामिन डीले श्वास प्रश्वाससम्बन्धी संक्रमणसँग लड्न सहयोग गर्छ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment