‘सरकार दुईवटा समस्यासँग जुधिरेको छ’

डिसी नेपाल
३० भदौ २०७७ १८:१९

काठमाडौं। परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकार यतिबोला दुईवटा समस्यासँग जुधिरहेको बताएका छन्। सरकारको प्रवक्ता तोकिएपछि पहिलो पटक मन्त्रिरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल अहिले स्वास्थ्य र आर्थिक समस्यासँग जुधिरहेको बताए।

उनले कोरोना महामारीले विश्व नै संकटमा रहेको भन्दै नेपाल पनि संकटमा रहेको उल्लेख गरे। उनले कोरोना केही पनि होइन भन्ने मानसिकता कसैले पनि नराख्न नहुने बताए। उनले कोरोना केही होइन भन्ने भ्रामक कुराका पछाडी नलाग्न सुझाव दिए।

उनले कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञा जारी गर्दा आर्थिक संकट पनि निम्तिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *