अख्तियारको कार्यवाहक प्रमुखमा डा. गणेशराज जोशी
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी डा. गणेशराज जोशीले पाएका छन्। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको २८ भदौमा कार्यकाल सकिएपछि जोशीले जिम्मेवारी पाएका हुन्।
जोशीको कार्यकाल आगामी १९ चैतसम्म बाँकी छ। उनी १९ चैत २०७१ मा आयुक्तमा नियुक्त भएका थिए। आयोगमा जोशीसँगै डा. सावित्री थापा गुरुङ मात्रै आयुक्त हुन्। घिमिरेको कार्यकाल सकिएसँगै आयोगमा अब तीन जनाको पद रिक्त भएको छ।
संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि अख्तियारलगायत संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक परिषद्ले अख्तियार लगायतका संवैधानिक निकायमा आयुक्त नियुक्त गर्ने व्यवस्था संविधानमा छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र विपक्षी दलको नेता रहने व्यवस्था छ। हाल उपसभामुख रिक्त छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment