अब भायानेटको सेवा इनरुवाबाट पनि
काठमाडौं । इन्टरनेट प्रदायक संस्था भायानेटले अब इनरुवाबाट पनि आफ्नो सोवा विस्तार गर्ने भएको छ। इनरुवाबाट आफ्नो सेवा विस्तारका लागि भायानेटले नयाँ शाखा खोल्न लागेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।
भायानेटद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र IPTV सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब आफ्ना सेवाहरु इनरुवामा विस्तार गर्ने भएको छ।’
भायानेटले अफिस तथा व्यत्तिगत प्रयोजनका लागि अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि शाखाहरुमा सम्पर्क गर्न समेत इनरुवावासीहरुलाई अनुरोध गरेको छ।
भायानेटले नेपालको पहिलो FTTH सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै क्ष्एत्ख् सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी ज्म् च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ। यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment