पहिरोले नाजिङमा एक घर बगायो, चार जोखिममा
साँकेतीक तस्वीर
सोलुखुम्बु। वर्षात् सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा एक घर बगाएको छ भने चार घर जोखिममा परेका छन् । पहिरोको कारण स्थानीय जीत कुविर राईको ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल जानकारी दिए। पाँच जनाको परिवार बस्दै आएको घरमा बिहीबार विहान पहिरो जाँदा भागेर ज्यान बचाउन सफल भएको राईले बताए।
सोही पहिरोका कारण स्थानीय जसविर राई, हर्कजित राई, भीमकुविर राई र रामकुमार राईको घर समेत उच्च जोखिममा परेको छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी निरीक्षक दर्नालले बताए।
यसैबीच खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं १ खरिखोलाको जौँबारी टोलका पहिरो पीडित र विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । वडाध्यक्ष ङिमादोर्जी शेर्पाको पहलमा पासाङ ल्हामु फाउण्डेसनले नगद सहयोग गरेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिए। जौँबारीका सात पहिरो पीडित र अन्य १३ परिवारलाई जनही ४ हजार ६४० वितरण गरिएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment