कोरोना महामारीका बीच अमेरिकामा कसरी होला राष्ट्रपति निर्वाचन ?

डिसी नेपाल
२ असोज २०७७ २२:५७

वाशिङ्टन (बीबीसी)। नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचन यो पटक केही धेरै जटिल र विवादित हुन सक्छ। कोरोना महामारीका बीच कैयौं किसिमका समस्याले चुनावी प्रक्रियालाई र नतिजालाई प्रभावित गर्न सक्छन्।

उदाहरणका लागि, राष्ट्रपति चुनावभन्दा पहिला न्यू योर्क प्राइमरीमा उम्मेदवार चयनका लागि २३ जूनमा मानिसहरुले मतदान गरे। यस्तो चुनावका नतिजा सामान्य तय सोही दिन घोषणा गरिन्छ, तर यो पटक दुई चार दिन होइ, पूरा ६ हप्ताको समय लाग्यो।

ढिलाई हुनुको कारण थियो पोस्टल भोट्स, जसमा निकै समस्या आयो। कोरोना महामारीका कारण धेरैजसो मानिसहरुले पोस्टर मतदानको विकल्प छनौट गरे, जसलाई सिस्टमले सम्हाल्न सकेन।

तर, यो ढिलाईको कुरामात्र थिएन। राष्ट्रपति डोनाल्ड ट्रम्पले पोस्टल भोटिंगमा धोकाको आशंका रहेको भन्दै यो विकल्प सुरक्षित नभएको बताएका थिए।

अर्कोतर्फ डेमोक्रेट्सलाई आशंकका के छ भने, राष्ट्रपति ट्रम्प पोस्टल सर्भिसलाई ठिक नगरेर पोस्टल भोटिंगलाई रोकन् लागेका छन्।

प्रश्न उठ्छ, एकतर्फ कोरोना महामारी, अर्कोतर्फ भोटिंगसँग सम्बन्धित समस्या र राजनीतिको चक्रव्यूह, यस्तो अवस्थामा अमेरिकामा यो वर्ष राष्ट्रपतिको चुनाव वास्तवमा कसरी होला?
‘मैले यहाँ आफ्नो पूरा जीवन पोस्टल भोटिंग सेफ र सरल बनाउन बिताएँ, किनकी अमेरिकामा धेरैभन्दा धेरैले मतदान गरुन। तर, अब यो सुनेर निकै दुःख हुन्छ। इलेक्शन वर्कर्स ठिक ढंगले मतगणना गर्दैनन्, यो सुक्षित छैन, यसमा धोका पनि हुन्छ। यो सबैआरोप निराधार छन्।’

यो दावी हो ओडरी क्लाइनको। वो अमेरिकामा द नेशनल भोट एट होम इंस्टीट्यूटका नेशनल पोलेशी डाइरेक्टर हुन्।

उनी भन्छिन्, ‘हामीलाई लाग्छ, पोस्टल सर्भिसमा काम गर्नेहरु खासमा डेमोक्रेसी सुपर हीरोज हुन्। यी मानिसहरु हरेक दिन काम गर्छन्। किनकी भोट सहि तरिकाले गणना गर्न सकियोस्।’
ओडरी क्लाइन, कोलोराडोमा हुर्केकी हुन् र त्यहिँ बस्छिन्। उनी आफ्नो परिवारको उदाहरण दिँदै भन्छिन्, पोस्टल भोटिंग अमेरिकामा किन महत्वपूर्ण छ। ‘मेरी स्वर्गी आमालाई पार्किंसको रोग थियो। तर पोस्टल भोटिंगकका कारण उनी घरमै बसेर भोटिंग गर्न सक्थिन्। मेरा बाबु ट्रक ड्राइभर थिए। चुनावको दिनमा उनी कहाँ हुन्छ, थाहा हुन्थेन। मेरो भाई प्रहरी अधिकृत हो। उसलाई पनि जबका कारण समस्या हुन्थ्यो। तर पोस्टल भोटिंगले सबै समस्या समाधान गरिदिन्थ्यो।’

कोलोराडो, अमेरिकाको तीन नौ राज्य मध्ये एक हो जहाँ सबै मतदाताहरुलाई राष्ट्रपति चुनावमा मतदानका लागि पोस्टल भोटिंगको विकल्प दिनुपर्ने छ।

कोलोराडो अमेरिकाका ती पर्पल स्टेट्स मध्ये एक हो, जहाँ रिपब्लिकन र डेमोक्रेट्स बराबर देखिन्छन्। यसैले जब नोभेम्बरमा चुनावको मतगणना हुनेछ, कोलोराडोमा सबैको ध्यान हुनेछ।
ओडरी क्लाइनले पोस्टल भोटिंगले मतदाताहरुलाई उत्साहित गर्ने बताइन्। उनले भनिन्, ‘हामीले देखेका छौं, पोस्टल भोटिंगका कारण अफ्रीकी–अमेरिकी मतदाता, ल्यार्टिन मतदाता र युवा मतदाताको प्रतिशत १६ प्रतिशतसम्म बढ्छ।’

र यो समूह त्यहि हो जसको पहिलो रोजाई डेमोक्रेटिक पार्टी भएको बताइन्छ। पोस्टल भोटिंगलाई प्रोत्साहन दिनको सिधा नोक्सान ट्रम्प र उनको रिपब्लिकन पार्टीलाई हुन सक्छ।
ध्यान दिनुपर्ने अर्को कुरा के भने, कोरोना महामारीक क्रममा पोस्टल भोटिंगको विकल्प हुनु भनेको धेरैभन्दा धेरै मतदान हुन सक्ने वातावरण बन्नु हो। तर, राष्ट्रपति ट्रम्पलाई यसमा धोका देखिन्छ। तर ओडरी क्लाइन यसको खण्डन गर्छिन्। त्यसो त एक अध्ययनअनुसार पोस्टल भोटिंगमा धाँधलीको सम्भावना पिठोमा नुन बराबर हुन्छ, त्यो भन्दा धेरै हुँदैन।

बीबीसीको नर्थ अमेरिका रिपोर्टर एनथनी जर्चरले १७७६ मा स्वतन्त्रता पाएको घोषणापछि अमेरिकी नेताहरुले यूएस पोस्टल सर्भिसको महत्व राम्रो सँग बुझेको र यो मानिसहरुको जीवनको एक हिस्सा भनेको बताए।

एनथनी चार्जर भन्छन्, ‘उनीहरुले यस देशलाई एकसुत्रमा बाँध्ने संस्थानका रुपमा हेरे। गएका केही वर्षहरुमा अमेरिकीहरुलाई कहिलेकाही यसमा केही असन्तुष्टि पनि हुन्छ। यति हुँदाहुँदै पनि यो सबैभन्दा लोकप्रिय संस्थान मध्ये एक हो।’

नोभेम्बरमा हुने अमेरिकी चुनावका कारण यूएस पोस्टल सर्भिसमा कामको बोझ बढ्न सक्छ। तर यो सर्भिस पहिला नै अप्रेशनल समस्यासँग जुधिरहेको छ। कम्युनिकेशनमा ईमेलको उपयोग बढेका कारण गएका २० वर्षको अवधिमा यूएस पोस्टल सर्भिसमा गिरावट आएको छ। कोरोना महामारीका कारण यसको समस्याहरु अझ बढेका छन्। एक अनुमान अनुसार यूएस पोस्टल सर्भिसलाई १३ अर्ब डलरको नोक्सान हुन सक्छ। यूएस पोस्टल सर्भिसको नेतृत्व हाल लुइस डिजोएको हाातमा छ, जो राष्ट्रपति ट्रम्पका समर्थक हुन्।

सर्भिसको दयनीय हालत सुधार गर्नका लागि डेमोक्र्ट्सले एक्स्ट्रा फंडिग बिल पेश गरे, जसलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गरिदिए। ट्रम्पले यस्तो गरेर पोस्टल भोटिंगलाई प्रभावित पार्न खोजेको डेमोक्रेट्सको आशंका छ।

बीबीसी संववाददाता एनथनी चार्जरका अनुसार पोस्टल वर्कर्सको ओभर टाइम कम गरिएको छ। सडकहरुमा दौडिने उनीहरुको ट्रक कम गरिएको छ। सोर्टिंग मेशिनहरु हटाइएको छ। तरपनि यूएस पोस्टमास्टर नजरलले काँग्रेलाई राष्ट्रपति चुनावमा समस्या नहुने विश्वास दिलाएको छ। तर यसक्रममा हुने गडबढीले अमेरिकी चुनावको नतिजा प्रभावित गर्न सक्छ।’

समस्या कतिसम्म हुन सक्छ भन्ने उदाहरण जूनमा न्यूयोर्कमा भएको प्राइमरी चुनाव हो। कोरोना महामारीका कारण १० गुणा धेरै पोस्टल भोटिंग भयो। तर जब मतगणना शुरु भयो, न्यूर्योकमा प्रत्येक ५ मध्ये एक भोट रिजेक्ट भयो। कैयौं पोस्टल भोट ढिलागरी पुगे।

न्यूर्योकका पोस्टल भोटरले यसलाई उपयोग गर्न नसकेको र सिस्टमले जिम्मेवारी पूरा गर्न नसकेको निष्कर्ष निकालियो।

केही जानकारहरुका अनुसार पोस्टल सर्भिसको समस्यामा राजनीतिक रंग लगाइएको छ। किनकी रिपब्लिकन पार्टीका समर्थकभन्दा डेमोक्रेट्सका समर्थक पोस्टल भोटलाई धेरै मन पराउँछन्। यो रुझान बाइडेनको पक्षमा छन् र ट्रम्पलाई टक्कर दिइरहेका छन्। जति धेरै मानिसहरुले यूएस पोस्टल सर्भिसका माध्यमबाट भोर्टिग गर्छन्, त्यति धेरे भोट बदर हुनेछन्।

चुनावको जे नतिजा आए पनि धेरैजसोले पोस्टल भोटिंग गर्ने र चुनाव परिणाम आउन ढिलाई हुने ठोकुवा गर्न सकिन्छ। र परिणाम ढिलो आउँदा विवाद हुन सक्छ। जसको समाधानका लागि मुद्दा अदालतसम्म पुग्न सक्छ। यसैकारण अमेरिकी राष्ट्रपतिको चुनाव यो पटक धेरै जटिल चासो लाग्दो हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *