इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु

डिसी नेपाल
१६ वैशाख २०८१ १५:४०

काठमाडौं । दक्षिण गाजामा इजरायली हवाई आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट सिजेरियन अपरेसनबाट निकालिएकी एक बालिकाको पनि मृत्यु भएको छ ।

आइतबार रफाहस्थित एक अस्पतालमा सबरीन–सकानी नामकी बालिकालाई आफ्नी मृत आमाको गर्भबाट सिजेरियन शल्यक्रिया गरेर निकालिएको थियो । तर बालिकालाई बचाउन सकिएन ।

डाक्टरहरूले बच्चालाई बचाउन सक्दो प्रयास गरे। बालिकाको फोक्सोमा हावा पुर्‍याउन हातले सञ्चालित पम्प प्रयोग गरिएको थियो। तर बिहीबार उनको मृत्यु भयो ।

गत हप्ता रफाहमा इजरायली आक्रमणमा १६ बालबालिकाको मृत्यु भएको थियो । उनीहरु सबैको एक आवासीय परिसरमा भएको बम विस्फोटमा मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *