युक्रेनी पावर प्लान्टहरूमा रूसको ठूलो आक्रमण, सीमामा ६६ ड्रोनहरू खसालियो
काठमाडौं । युक्रेनले रुसले गए राति ठूलो बमबारीमा आफ्ना ऊर्जा साइटहरूलाई निशाना बनाएको जनाएको छ। युक्रेनका पावर उत्पादन कम्पनीहरूले तीन प्रान्तका चारवटा पावर प्लान्टमा ठूलो क्षति पुगेको बताएका छन्।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकारीहरूले मनोचिकित्सा अस्पतालमा रकेट खसेको र भवनमा क्षति पुगेको र एक महिला घाइते भएको बताएका छन्।
यस क्षेत्रका गभर्नरले आक्रमणको समयमा अस्पतालमा ६५ बिरामी र पाँच कर्मचारी रहेको बताएका छन् । यसैबीच रुसले युक्रेनको सीमावर्ती क्रास्नोडार क्षेत्रमा ६६ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।
यसैबीच, रुसले क्रिमियामाथि अन्य दुई ड्रोन खसालेको दाबी गरेको छ। स्थानीय अधिकारीहरूले युक्रेनी आक्रमणमा स्लाभ्यान्स्कमा रहेको तेल प्रशोधन केन्द्रमा क्षति पुगेको बताएका छन्। यस घटनासँग सम्बन्धित भिडियोमा ठूलो विस्फोटपछि आगो निस्किएको देखिन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment